पत्रकारलाई मन्त्री भट्टराईको कटाक्ष : किन धेरै आउनुभएको? पालो पालो आउनू

काठमाडौं : कोरोना भाइरस फैलिन नदिन २५ जना भन्दा धेरै भेला हुन नहुने आफ्नै नियम तोडेको भन्दै सोमबार सरकारको चर्को आलोचना भयो।

स्वास्थ्मन्त्री भानुभक्त ढकालसमेत उपस्थित पत्रकार सम्मेलनमा पत्रकारसहित ७० जना भन्दा धेरै उपस्थित भएपछि विरोध भएको थियो। सोमबार सिंहदरबारमा भएका संसदीय समितिका बैठकमा पनि ४० भन्दा धेरै उपस्थित थिए।

ती बैठकमा निश्चित दुरीमा रहनुपर्ने मापदण्ड पनि पूरा नगरेपछि सरकारले अब यसरी बैठक तथा पत्रकार सम्मेलन नगर्ने जनाएको छ। स्वास्थ्य मन्त्री ढकालले अबदेखि यस्तो भिडभाडयुक्त पत्रकार सम्मेलन नै नगर्ने प्रतिवद्धता जनाए। मंगलबार पनि कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठक बसेको थियो। त्यस बैठकबाट बाहिरिने क्रममा सोमबार भएको आलोचनाको जवाफ पर्यटनमन्त्री योगेश भट्टराईले दिए।

बैठकपछि बाहिरिने क्रममा उनले पत्रकारहरुलाई किन यति धेरै भिडभाड गरेर आएको भन्दै प्रश्‍न तेर्साए। ‘पत्रकार साथीहरुले हामीले पत्रकार सम्मेलन गर्न धेरै संख्या भयो भन्ने अनि अहिले चाहिँ किन धेरै आउने?’, उनले कटाक्ष गर्दै भने, ‘पालो पालो गर्दै आउनु पर्छ।’

तपाईको प्रतिक्रिया