जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडीलाई सम्मान


जुम्ला । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जाेडी सम्मानित भएका छन् । दलित मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो ।

विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडीलाई हाैसला दिन याे सम्मान गरिएकाे नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका अध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयाे । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ ।

सम्मानित अन्तरजातीय जोडीले पनि यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् । जुम्ला गुठिचौर गाउँपालिकाका उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको बताउनुभयो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानुपातिकको सूत्राधार माओवादीले यस्ता काममा जोड दिएको बताउनुभयो । उहाँले संघीयता, समानुपातिक र समावेसीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएकोमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया