बलात्कार मुद्धामा बयान फेर्ने युवती जेल चलान

रुकुम पश्चिम । रुकुम पश्चिममा जबरजस्ती करणी मुद्धामा पीडित भनिएकी युवती नै कारागार चलान भएकीछीन् ।

आफू माथी बलात्कार भएको भन्दै मुद्धा दिएकी रमा (नाम परिवर्तित) ले अदालतमा बयान फेरेपछि उनीमाथी नै कैद फैसला भएको थियो ।

प्रतिवादीलाई जोगाउन बयान बदलेको भन्दै रुकुम अदालतले २०७५ असार २० गते पीडित भनिएकी रमालाई एक महिना कैद र एक हजार जरिवानाको फैसला गरेको थियो । जिल्ला अदालतको उक्त फैसलालाई उच्च अदालत सुर्खेतले २०७५ फागुन ६ गते सदर गरेसँगै उनी फरार रहेकी थिईन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले फरार रमालाई चार वर्षपछि फागुन २४ गते पक्राउ गरेर अदालतमा बुझाएको थियो । प्रहरी निरीक्षक बिष्णु कुमार श्रेष्ठले अदालतको आदेश अनुसार नै पक्राउ गरेर कारागार चलान गरिएको बताउनुभयो ।

प्रहरीको रेकर्डमा परिवर्तित नामथर वतन रुकुम (५४) राखिएकी ती युवतीले पहिला आफू माथी बलात्कार भएको भन्दै प्रमाणसहित प्रहरीमा उजुरी दिएकी थिईन् भने पछि अदालतमा बयान बदलेको प्रहरी भनाई रहेको छ । उनीले रुकुम पश्चिमको सानीभेरीका गाउँपालिकाका एक पुरुष बिरुद्ध जबरजस्ती करणी मुद्धा दिएकी थिईन् ।

रमाले फागुन २४ गतेदेखि २०८० बैशाख २३ गतेसम्म कैद भुक्तान गर्ने बताईएको छ । अदालतको फैसला अनुसारको एक हजार रुपियाँ जरिवाना रकम समेत अदालतमा बुझाईसकेको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया