बङ्गलादेशको ढाकाको बंगबजारमा भीषण आगलागी

बङ्गलादेशको ढाकाको बंगबजारमा भीषण आगलागी

बङ्गलादेशको मुख्य कपडा बजार बंगबजारमा भीषण आगलागी भएको छ । फर्स्ट सर्भिस कन्ट्रोल रुमका ड्युटी अधिकारी रफी अल फारुकले आगलागीको खबर ६ बजेर १० मिनेटमा पाइएको जानकारी दिए । आगलागीको कारण के हो भन्नेबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यहाँ करिब चार हजार पसल रहेको बंगबजारका व्यापारी बताउँछन् । आगलागीको घटनापछि ढाका र आसपासका जिल्लाका सबै दमकलले यहाँ आगो निभाउने काम थालेका छन् । अहिलेसम्म आगो निभाउनका लागि दमकलका ४३ वटा गाडी खटिएका छन् ।

बीबीसी बङ्गला सेवाका अनुसार घटनास्थलमा रहेका पत्रकारहरूले आगो बंगबजार र नजिकैको बजारसम्म फैलिएको बताएका छन् ।

बंगबजार थोक र खुद्रा कपडाका लागी बङ्गलादेश को प्रमुख बजारहरू मध्ये एक हो । यसअघि गत मार्च ७ मा ढाकाको सिद्दिकी बजारमा विस्फोट र आगलागीमा परी १९ जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया