भीरबाट लडेर सल्यानमा एक वृद्धाको मृत्यु

सल्यान । भीरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका वडा न. -६, वडागाउँकी अन्दाजी ७० वर्षीया पदमी परियारको मृत्यु भएको हो । बिहीबार बिहान जिल्लाको बागचौर नगरपालिका वडा न.- ३ स्थित सेताभिर नजिकैको सडक बाट लडेर उहाँको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए ।

उनका उनुसार घटनाको जानकारी पाउनसाथ प्रहरीले घटना स्थल पुगेर खोजि कार्य गर्दा परियारको शव सडकदेखि २० मिटर तल भेटिएको थियो ।

मृतक परियार गत केही दिनदेखि छोरीको घरमा बस्दै आएको बुझिएकोछ । शवलाई पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया