शनिवार विशेष शृंखला : गजल

आफै सकिएर कसैलाई जीवन दिएको मान्छे
गुमाउनु नै के छ म यसै रितिएको मान्छे

अचेल सपनामा आउँछ र जिस्काइरह्न्छ
उनी इस्ट्कोट र टोपीमा सजिएको मान्छे

डर लाग्छ त्यसै निसासिएझे लाग्छ,यसरी
छेउमै नआउ न बैसले बतासिएको मान्छे

डर लागि रह्न्छ फेरि हराउने हो कि
भनेरपटक पटक हराइसकेर भटीको मान्छे

उनले कुरा रहिन फर्केर आउदै आएनन
सपना बटुल्न भनेर निस्किएको मान्छे

तपाईको प्रतिक्रिया