भोली सम्म टेलिफोन सेवा सुचारु हुन्छ : अधिकारी


जाजरकोट । नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख गोपेन्द्र अधिकारीले भोली (शुक्रबार) सम्म टेलिफोन सेवा सुचारु हुने बताएका छन् । हाम्रो पहुँच डटकम सँग कुराकानी गर्दै प्रमुख अधिकारीले सुर्खेत बाट प्राविधिक टोली आउँदै गरेको र काठमाण्डौ बाट आवश्यक सामग्री नेपालगञ्ज एर्पाेटमा मगाएकोले भोली सम्म टेलिफोन सेवा सुचारु हुने बताएका हुन् ।
मंगलबार बेलुका नेपाल टेलिकमको मछाईना स्थित टावरमा चट्याङ परेपछि जिल्लाका बारेकोट, नलगाड र कुशे गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुदाँ तीन स्थानीय तहका बासीन्दा सञ्चारविहीन भएका छन् ।

तपाईको प्रतिक्रिया