वीरेन्द्रनगरमा वेवारिसे अवस्थामा नवजात शिशु फेला

सुर्खेत । वीरेन्द्रनगरमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ । बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने उनीहरुको आशंका छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया