समृद्ध जाजरकोटका लागि पत्रकारहरु एक हुनुपर्नेमा जोड

No description available.
खलंगा । जाजरकोट विकासका लागि यहाँका पत्रकारहरु एक हुनुपर्नेमा जोड दिईएको छ । शनिवार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा कृयाशिल पत्रकारहरु सँग गरिएको छलफल कार्यक्रममा पत्रकारहरु एक भएपछि समृद्ध जाजरकोट बनाउन सघाउन पुग्ने भएकोले पत्रकारहरु एक हुनुपर्नेमा जोड दिईएको हो ।

No description available.

यहाँको विकास निर्माणका गतिविधी, शिक्षा, स्वास्थ्य, खानेपानी यातायातमा चरम वेथिति भईरहेको र यहाँका हरेक गतिविधीहरु पत्रकारहरुले प्राथमिकता साथ मिडियाहरुमा लेख्नुपर्नेमा छलफल केन्द्रीत भएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जाजरकोटका सचिव कालीबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार विकास निर्माणका गतिविधीहरमा पत्रकारहरुका साझा एजेण्डा बनाउनुपर्ने, भ्रष्टाचार, कुसस्कार, वेतिथि, अनियमितताका विरुद्धमा पत्रकारहरु एक भई मिडियाका प्रमुख विषय बनाउनुपर्नेमा जोड दिईएको छ । जिल्ला स्थिति सबै कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

No description available.

तपाईको प्रतिक्रिया