कोरोना : स्वास्थ्य परिक्षण बिनै गाउँ फर्कदा कञ्चनपुरको दक्षिणी क्षेत्र असुरक्षित बन्दै

कञ्चनपुर । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय निकायहरुले सीमाबाट भारत जान र भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइए पनि स्वास्थ्य परिक्षण बिनै गाउँ फर्कनेहरुका कारण कञ्चनपुरका चार स्थानीय तह मध्य पुनर्वास बेल्डाँडीमा चुनौती थपिएको छ ।

दक्षिण भारतीय सीमा संग जोडिएका पुनर्वास , बेलौरी , बेल्डाँडी र लालझाडी यी चार स्थानिय तहहरुमा कोरोना नियन्त्रणका लागि स्थानिय निकायले जनचेतना र नेपाल-भारत सीमामा निगरानी राख्दै आए पनि आबश्यक पुर्वाधार , जनशक्ति , उपकरणका अभावमा नियन्त्रणमा चुनौती देखिने सम्भावना रहेको छ ।

दक्षिणी नेपाल-भारत सीमासंग जोडिएका ३ वटा तह पुनर्वास , बेलौरी र बेल्डाँडीमा स्थानीय निकाय , सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा पारी जान र भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाए पनि रोजगारीमा भारत गएका हरु धमाधम स्वास्थ्य परिक्षण बिनै गाउँ छिर्नेको संख्या बढ्दा भाइरस संक्रमणको जोखिम बढेको हो ।

कञ्चनपुरका भारतीय सीमान्त यी ४ वटा तहहरुमा स्वास्थ्य उपचारका लागि विशेषज्ञ जनशक्ति समेत नहुँदा थप चुनौती थपिएको छ । पुनर्वास , बेलौरी , बेलडाँडी र लालझाडीमा कोरोना संक्रमित बिरामी देखिए विशेषज्ञ सेवाका अभावमा महेन्द्रनगर , धनगढी वा अन्यत्रका क्वारेन्टाइनमा पठाउनुको बिकल्प रहेको छैन ।

दक्षिणका चार तहहरु मध्य बेलौरीमा २ जना , बेल्डाँडीमा १ जना आयुर्वेदिक गरि २ जना चिकित्सक मात्रै रहेका छन् । पुनर्वास र लालझाडीमा चिकित्सक सेवा रहेको छैन । पुनर्वास र बेल्डाँडी स्थित खुला सिमाना प्रयोग गरि भारत रोजगारीबाट धमाधम गाउँ फर्कदै आएका हरुको आवश्यक श्रोत साधन र जनशक्तिको अभाव हुँदा स्वास्थ्य परिक्षण हुन नसक्दा भाइरस संक्रमण हुन सक्ने चुनौती थपिएको छ ।

यद्यपि नेपाल -भारत सीमाबाट भारत जान र भारतीय नागरिकलाई प्रवेशमा रोक लगाइए पनि स्वास्थ्य परिक्षण बिनै गाउँ फर्कनेहरुका कारण पुनर्वास -बेल्डाँडीमा चुनौती थपिएको हो ।

कोरोना भाइरस नियन्त्रण बारे गाउँ बस्ती र चोकहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरि जनचेतना कार्यक्रम स्थानिय निकायले संचालन गर्दै आएको पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले बताए । उनले भने “गाउँ फर्कने हरेकले स्वास्थ्य चौकीमा गएर अनिवार्य स्वास्थ्य परिक्षण गराउनु पर्ने सुझाव दिएका छौं । “बैधानिक नाका नभएको कारण हेल्थ डेस्क राख्न नसकिएको हो । “

क्वारेन्टाइन राख्न स्थानिय निकायको सामर्थ्यले नभ्याउने नगर प्रमुख थापाले बताए । प्रदेश सरकारबाट विशेषज्ञ सेवा लगायतको सहयोग पाए क्वारेन्टाइन राख्न सकिने उनले बताए ।

यसै गरि दक्षिणी बेलौरी नगरपालिकाले पनि कोरोना भाइरस नियन्त्रणमा स्थानिय तहले जनचेतनामुलक कार्यक्रम संगै सीमामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको जनाएको छ । बेलौरी नगरपालिकाको १ ,२,६ र ८ नम्बर वडामा गरि चार स्थानमा हेल्थ डेस्क स्थापना गरि गाउँ फर्कनेहरुको स्वास्थ्य परिक्षण गरिदै आएको मेयर पोतिलाल चौधरीले बताए । यसरी स्थापना गरिएका हेल्थ डेस्कहरुमा सिटोमोल , जिवनजल लगायतका औषधि राखिएको र बजारका चोकहरुमा हात धुन साबुन पानी राखिएको मेयर चौधरीले बताए । उनले भने ” संक्रमण फैलिन नपाओस भनी नगरपालिकाले क्वारेन्टाइन स्थापना गर्ने बारे समेत जानकारी गराए ।

जिल्लाको दक्षिणी क्षेत्रको बेलौरी बाहेक अन्य दुई स्थानिय निकाय पुनर्वास र बेल्डाँडीमा भारतबाट फर्की आउनेहरुको समान्य स्वास्थ्य जाँच हुन नसक्दा स्वास्थ्य चुनौती थपिएको छ । सीमा पारी जान र भारतीय नागरिक नेपाल प्रवेश गर्न नदिन सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिए पनि भारतबाट गाउँ फर्कनेहरु भने धमाधम आइ रहे पछि चुनौती बढेको छ ।

तपाईको प्रतिक्रिया