
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि नेपालको सिमाना जोडिएका भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान १० बजेदेखि १६ गतेसम्म भारत र चीनसँगको सबै सीमा नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने सरकारले निर्णय गरेको हो ।
कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रोपटक मिर्गौला प्रत्यारोपणपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले शसस्त्र प्रहरीको अस्पतालाई कोरोना संक्रमितको मात्र उपचारका लागि प्रयोग गरिने निर्णय गरेको समेत गरेको छ ।
बैठकले कोरोना भाइरसविरुद्ध लड्नका लागि चाहिने उपकरण तथा औषधिजन्य सामग्री खरिदका लागि सरकारका तर्फबाट १० करोडको राहतकोष खडा गर्ने निर्णय समेत गरेको छ ।
कोषमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने र अन्य सबैलाई उक्त कोषमा सहयोग गर्न आव्हान गरिने पनि निर्णय गरिएको हो ।
बैठक अघि प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।
















































। ९ चैत्र २०७६, आईतवार