
जाजरकोट । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्राध्यापक संघको सभापतिमा प्राध्यापक पूर्णबहादुर सुनार चयन भएका छन् । क्याम्पसमा कार्यरत प्राध्यापकहरुको प्रथम अधिवेशन बाट सुनारलाई सर्वसम्मत चयन गरिएको हो ।
यस्तै, सचिवमा सुरेन्द्र बस्नेत, कोषाध्यक्षमा भिमेन्द्रनाथ योगी चयन भएका छन् । सदस्यहरुमा चन्द्रबहादुर बुढा, रत्नसिंह धामी, लोकबहादुर शाही, छविराज शर्मा, लेखबहादुर राना र बैकुण्ठ शर्मा सर्वसम्मत निर्वाचित भएका छन् छ । महाधिवेशन केन्द्रिय प्रतिनिधिमा छविराज शर्मा निर्वाचित भएका छन् ।
















































हाम्रो पहुँच संवाददाता । १४ फाल्गुन २०७९, आईतवार