धर्तीमाताको बहुरुपी हर्कतको खुल्यो रहस्य, आँफैले भनिन् मोज गर्छु तपाइंलाई के भो ?(भिडियो)

आफुलाई धर्तीमाता भनेर सामाजिक सञ्जालमा चिनाउने लक्ष्मी एक गायीका पनि हुन् । उनले एउटा पञ्चेवाजामा गाउने गीत रेकर्ड गरेकी छन् । पुजापाठ, मन्दीर र विवाहमा वजाइने पञ्चेवाजाका लागि गीत रेकर्ड गराएको उनले बताएकी छन् । उनलाई उज्जवलले साथ दिएका छन् । उनले गीत निर्माण गर्ने क्रममा गाउँको परिवेशलाई हेरेर बनाएको बताए । यो पञ्चेवाजा विवाहका लागि मात्र नभएर रमाइलो परिवेशका लागि वजाउने भएकाले सबैलाई मिल्नेखालको गीत गाएको बताए । उनले पञ्चेवाजामा दोहोरी गाएको बताए ।

उनी आफुलाई धर्तीमाता भनेर चिनाउन पूर्व नै लोकदोहोरी गायीका थिइन् । त्यसैले आफुमा यी दुवै शक्ति पाउनुमा भगवानको देन भएको बताइन् । गीत गाउन पनि सरस्वतीको वरदान नभएर गाउन नसकिने र भगवानको आदेश आएका कारण धर्तीमाताका रुपमा पनि आएको बताइन् । त्यसैले गीत गाएर सबैलाई खुसी बनाउने उनले धर्म र साधनाका माध्यमवाट पनि अरुको पी डा हटाइदिने दावी गरिन् । उनले आफुलाई गायकका रुपमा प्रस्तुत गर्दा पनि आफ्नो धर्म र संस्कारलाई भने नछोडेको दावी गरिन् । त्यस्तै उज्जवल पनि हाँस्य कलाकार पनि हुन् । उनको फरक पाटो लोक गायक हुन् । उनले आफुमा दुवै प्रतिभा भएको बताए । बाकी हेर्नुहोस भिडियोमा:

https://youtu.be/Sey6sVzyFGg

तपाईको प्रतिक्रिया