
हाम्रा देशका ठुलाहरु
केही नगर्ने मुलाहरु
निर्मला पन्तको बलात्कारपछि हत्या
माईतिघरमा आगो बल्यो
निर्मला कुर्मीको बाँकेमा हत्या भो
माईतीघरमा आगो बल्यो
00
रुकुममा नवराज बि. क मारिए
माईतिघरमा आगो बल्यो
निभे होला कतिका चुलाहरु
केही नगर्ने हाम्रा देशका मुलाहरु
उखु किसान आएर आन्दोलन गरे
माईतिघरमा आगो बल्यो
00
मिटर ब्याजी पीडित आए , चिसोले ज्यानै गयो
माईतिघरमा आगो बल्यो
न्यायाधीश भुवन गिरीकी श्रीमती न्याय माग्दै
अदालतको ढोका ढक्ढकाउदै छन
000
महिलाको आवाज नसुन्ने कस्तो अदालत हो
कतिले त बगाए रगतका कुलाहरु
न्याय दिन नसक्ने कालाकोटे मुलाहरु
यो कविता हामीले बस्नेतको सामाजिक सञ्जाल फेसवुक बाट लिएका हौंं ।
















































। ३ माघ २०७९, मंगलवार