जाजरकोट । पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै जाजरकोटमा दीप प्रज्वलन गरिएको छ । सोमबार खलंगाको गैरीखालीमा नागरिक समुहहरुले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् ।
आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमाअहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ ।




















































। २ माघ २०७९, सोमबार