सम्पादकीय : उद्यममा यूवा शक्ति

जिल्लामा हजारौँ उद्यम व्यवसाय सञ्चालनमा रहेका छन् । तर उनीहरुको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न किसिमका उद्यम व्यवसाय गरेका यूवाहरु अहिले व्यवसाय तथा उद्यम बेचेर वैदेशिक रोजगारमा जाने गरेको हामीले देखेका छांै । पछिल्लो समयमा जाजरकोट जिल्लामा विभिन्न उद्योग व्यवसाय खोले पनि स्थानीय सरकारले खासै व्यवस्था नगर्दा समस्या भएको जानकारहरु बताउँछन् ।

जिल्लाको यो अवस्थाले गर्दा विकास नभएको हो कि ? भनिन्छ यूवा देशका कर्णदार र मेरुदण्ड हुन् । खासै यूवाले गरेको कामको सम्मान गर्नु स्थानीय सरकार बनेको यूवाको लागि काम नै भएन । देशमा आर्थिक समृद्धि बनाउने र सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारको सार्थक बनाउन उद्यम व्यवसायको ठुलो महत्व छ ।

आदिकवी भानुभक्त आचार्यले भनेका छन् “ज्युदै मार्याको भनी नाम कस्को उद्यम विना वित्दछ काल जस्को ।” यो भनाईले यूवा मात्र होइन अरुको पनि उद्यम विना समय वित्छ भने त्यो ज्युदै मरेको हो । यो भनाईलाई सार्थक बनाउन उद्यम व्यवसाय सञ्चालन गरेको यूवाहरुलाई स्थानीय सरकारले अन्य सरकारी पक्षले साथ नदिदाँ समस्या हुने गरेको छ । जिल्लाको सन्दर्भमा व्यवसायमा लाग्ने सम्पुर्ण यूवाहरुले सरकारी पक्ष बाट कुनै पनि किसिमको सहयोग नुहँदा उनीहरुले आफ्नो उद्यम व्यवसाय बन्द गर्न बाध्य भएका छन् ।

देशका लागि केही गर्ने यूवाका लागि कहिले सहयोग गर्ने ? वास्तवमा चुनावको वेला स्थानीय सरकारका जनप्रतिनिधीहरुले विभिन्न किसिमको लोभ र चुनावी नारा लगाउँदै गए । तर चुनावी नारा अहिले कता हरायो ? गाउँमा उद्यम व्यवसाय सञ्चालन गरी रोजगार सिर्जना गर्ने र विदेशीने यूवालाई रोक्ने लगायतका चुनावी नारा खै कता गए ? यति नभएपनि भएका उद्यम व्यवसायको व्यवस्थापन गरी व्यवसायलाई अझ मझवुत गरी अन्य यूवालाई रोजगार सिर्जना गर्नु आवश्यक छ ।

स्थानीय सरकारले साना उद्यम व्यवसायलाई संरक्षणको अभावमा रहेका उद्योगलाई पुर्ण सञ्चालन गरी सीप विकास गर्न आवश्यक छ । स्थानीय सरकारले ध्यान दिन आवश्यक छ । उद्यम व्यवसाय गरेर मात्र देशको विकास गर्न सकिन्छ । नेपालीहरुलाई विदेश जान बाट रोक्न सकिन्छ । उद्यम व्यवसायकोे संरक्षण गर्न आवश्यक छ ।

यति वेला कोरोना महामारीका कारण यहाँका अधिकांश उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन । विदेश बाट समेत नेपालीहरु आएका छन । उनीलाई नेपालमा समेत उद्योगधन्दामा काम गर्न लागाऔँ भने , दक्ष जनशक्तिको आवश्यक पर्दैन । सरोकारवाला पक्षले यति वेला उद्यमको रक्षा गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया