बागमतीको सभामुखमा पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् ।

 

उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् ।

यसअघि प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारीले र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया