
फाईल तस्वीर :
भुपेन्द्र नेपाली
जाजरकोट । स्थानीय सरकार निर्माण हुनुपूर्व जाजरकोटमा ढुवानीको एक मात्र साधन भनेको खच्चड व्यवसाय थियो । बजार देखि गाउँसम्म सामान ढुवानी गर्ने साधन खच्चड व्यवसाय थियो । केही समय अघि सम्म खच्चड व्यवसायलाई आयात वा निर्याद गर्ने ढुवानीको प्रमुख माध्यमका रुपमा लिइन्थ्यो ।
पछिल्लो समयमा गाउँगाउँमा सडक संञ्जाल जोडिए संगै खच्चड व्यवसाय खुम्चिएको छ । गाउँमा सडक नपुग्दासम्म बारेकोट गााउँपालिकासंग जोडिएका छिमेकी पालिकाहरुका प्रमुख व्यापारिक केन्द्र नलगाड नगरपालिकाको चिसापानी,कालिमाटी, कुशे गाउँपालिकाको पाँचकाटीया,समाइला लगायतका क्षेत्रबाट दैनिक रुपमा समान ढुवानी गरेको बारेकोट गाउँपालिका २ स्थानीय शान्त बहादुर नेपालीले बताए । उनी लामो समय देखि खच्चड व्यवसाय गरिरहेका छन् ।
उनले भने ‘पहिला नियमित रुपमा काम पाइन्थ्यो कमाइ पनि राम्रै हुनथ्यो काम संगसंगै मित्रता साटासाट हुन्थ्यो आफ्नै ठाउँमा रोजगारी मिल्यो अहिले गाउँगाउँमा सडक जोडिएको छन्,जतिवेला आवश्यकता पर्छ त्यतिवेला आवश्यक सामाग्री ट्याक्टर मार्फत ढुवानी गर्छन्,पहिले खच्चड व्यवसाय निकै राम्रो थियो । तर अहिले सडक संञ्जालको विस्तारसँगै खच्चड लोप हुने अवस्थामा पुगिसकेका छन् ।
यस्तै,बारेकोट गाउँपालिका ३ पछेउरीका हरिबहादुर वस्नेत करिब २०६२ साल खच्चडमा सामान ढुवानी गर्ने व्यवसाय संगै खुद्रा पसल समेत गरे । त्यतिवेला उनको कमाइ पनि राम्रो भएको हुन्थ्यो । उनले कमाइसँगै सेवा पनि दिइरहेका थिए । तर पछि सडक सन्जाल विस्तारसँगै ढुवानीका लागि खच्चडको माग कम हुन थाल्यो । अहिले त्यो व्यवसायबाट उनी अलग्गिएका छन् ।
यस्तै, बारेकोट गाउँपालिका ४ का लाल बहादुर नेपाली उनी लामो समय देखि खच्चड व्यवसाय गर्दै आएका थिए तर अहिले उनले सो व्यवसाय छोडर मज्दुरी गर्न भारत पुगेका छन् । उनले भने ‘जता जतै सडक संञ्जाल जोडिएको छ । सडक संजाल जोडिएको ठाउँमा सावरी साधनको प्रयोग गर्छन् खच्चडको प्रयोग गर्दैन, कुम्चिएकै कारण खच्चड व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था आइपुग्यो ।’
नेपालमा संघीय व्यवस्था कार्यान्वयन भए पश्चताप् सबै स्थानीय तहहरुले सवैभन्दा बढी सडक संञ्जाललाई नै प्राथमिकता दिए । सात वटा स्थानीय तह रहेको यस जिल्लामा ७७ वटा वडाहरु रहेका छन् । जस मध्ये ७५ वटा वडाहरुमा सडक संञ्जाल जोडिएको छ भने बाँकी २ वटा वडाहरुमा सडक जोडिन बाँकी छ ।
















































। ५ पुष २०७९, मंगलवार