
खलंगा । जिल्लाको भेरी नगरपालिका–११ कटीगाउँका १४० दलित समुदायलाई राहत वितरण गरिएको छ ।
दलित समुदायलाई चिसोबाट जोगाउनका लागि कपडा वितरण गरिएको सशस्त्र प्रहरी परिवार महिला संघ केन्द्रीय कार्यकारिणी सदस्य प्रतिमा हमालले जानकारी दिईन् । उनका अनुसार १४० घर परिवारलाई उक्त राहत स्वरुप कपडा वितरण गरिएको छ ।
पटक, पटक कट्टीगाउँका दलित समुदायको आर्थिक अवस्था कम्जोर भएर घर नै छाडेर पलायन भएको देखि ऋणमा डुवेर घरखेत साहुको नाममा दिएको जानकारी आएपछि उक्त ठाउँमा राहत स्वरुप कपडा वितरण गरिएको संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने अर्यालले जानकारी दिइन् ।
सशस्त्र प्रहरीका महानिरीक्षक सहभागी उक्त राहत वितरण कार्यक्रमले राहत दिने र लिने मात्र नभइ यहाँको दलित समुदायको अवस्थाको चित्रण समेत भएको सहभागीले बताएका छन् । कपडा खरिद गर्ने रकम नहुँदा आफू समस्यमा परेको बताउने कटीगाउँकी सितली वरले आज पाएको राहतले यो हिउद पार गर्न सजिलो भएको बताइन । ‘कोही नहुनेका भगवान हुन्छन् भन्थे , साचिक्कै हो रहेछ आज यही घर भएका सशस्त्र प्रहरीका सही साव राजु हमाल, उनकी श्रीमती प्रतिमाको पहलमा हामी गाउँलेलाई कपडा आएको छ । हामी निकै खुसी भएका छौँ । हामीलाई सहयोग गर्ने कोही थिएन , कुरा मात्र गर्ने धेरै थिए । आज हामीलाइ दिएको कपडाले वर्ष दिन ढुक्क भएको छ । ’
जाजरकोट पहिलो पटक आएका सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले दलित समुदायको समस्यमा नजिकबाट बुझने मौका पाएको बताए । सदरमुकाम भित्रकै पालिकामा यस्तो पनि समस्या रहेछ भन्ने हामीले आफ्नै आँखाले देखेको बताए । गरिवीकै कारण यहाँका केही घरधुरीले घरबार नै छोडेर भारत गइसकेका छन् । साहुको ऋण तिर्न नसकेर उनीहरु भारत गएको स्थानीबासीले रामबहादुर वरले बताए । मध्यपहाडी लोक मार्गको छेउमै रहेको दलित बस्तीमा वर्षेनी खाद्यान्नको समस्याले गर्दा हैरानी हुने गरेको छ ।
आफूले उत्पादन गरेको अन्नले ६ महिना खाना नपुग्ने कटीगाउँमा अधिकांश पुरुषहरु कमाइ गरी परिवार पाल्नुका साथै साहुको रिण तिर्न भारत गएका छन् ।
















































। ५ पुष २०७९, मंगलवार