मेसीले इन्स्टाग्राममा पनि बनाए कीर्तिमान

विश्वकप फुटबलको उपाधि जितेसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेसीले एकपछि अर्को कीर्तिमान कायम गरिरहेका छन्।

उनले कतार विश्वकपमा शानदार प्रदर्शनसँगै २०२२ को विश्वकप हासिल गरेपछि ट्रफी उचाल्दै गरेको तस्वीर इन्स्टाग्राममा सर्वाधिक लाइक पाउने फोटो बनेको छ।

मेसीले इन्स्टाग्राममा राखेको उक्त फोटोले २ दिन नबित्दै सबै कीर्तिमान तोड्दै सर्वाधिक चाँडो धेरै लाइक पाउने फोटो बनेको हो। यसअघि सन् २०१९ मा विश्व कीर्तिमान बनाएको अण्डाको फोटोले सर्वाधिक लाइकको कीर्तिमान बनाएको थियो।

मेसीको उक्त फोटोमा मंगलबार साँझसम्म करिब ६ करोड लाइक पुगेको छ। यसअघि विश्व रेकर्ड राखेको अण्डाको फोटोले ५ करोड ६० लाख बढी लाइक पाएको थियो। मेसीको फोटोले कीर्तिमानी लाइक पाउने क्रम जारी छ।

तपाईको प्रतिक्रिया