विना ईजाजत जडीबुटी ओसारपसार गर्ने व्यक्ति पक्राउ

 

जाजरकाेट । विना ईजाजत जडीबुटी ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । डोल्पाबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे.१ ख.३५१९ नम्बरको ट्रक चेकजाँच गर्दा ईजाजत विनै जडीबुटी ओसारपसार गर्ने दुई जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका – ७ का सुरेन्द्र शाही र ट्रक चालक बाँकेको कोहलपुर नगरपालिका–१२ का खगेन्द्र खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ट्रकमा बिना ईजाजत ८९ (उनानब्बे) बोरा २१९२.०४(दुई हजार एक सय बयानब्बे दशमलब जिरो चार) किलोग्राम जटामसी र १७ (सत्र) बोरा ४७६.१२ (चारसय छहत्तर दशमलब एक दुई) किलोग्राम पदमचाल फेला परेको थियो । आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया