कर्णालीमा समानुपातिक सांसद : कुनै जिल्लामा भिडभाड, कुनैमा शून्य

काठमाडौं । कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरी २५ जना सांसद समानुपातिक प्रणालीबाट चयन भएका छन् । प्रदेशसभातर्फ १६ र समानुपातिक तर्फ ९ जना सांसद चयन भएका हुन् ।

यद्यपि समानुपातिक सांसद छनोट गर्दा जिल्लाको प्रतिनिधित्वलाई बेवास्ता गरिएको छ । कर्णालीमा १० जिल्लामा प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ ८ सांसद चयन गर्दा सुर्खेत, डोल्पा, कालिकोट, हुम्ला, मुगु र सुर्खेतले समानुपातिक सांसद पाएको छैन ।

जबकी समानुपातिक सांसद पाएको दैलेखले २, जुम्लाले ३ सांसद समानुपातिक कोटबाट पाएको छ । यस्तै रुकुम पश्चिम, जाजरकोट, सल्यानले १÷१ जना समानुपातिक सांसद प्राप्त गरेको छ ।

प्रदेश सभातर्फ १६ सिटका लागि २८ वटा दलहरुबाट ३७० जनाको नाम बन्दसूचीमा परेको थियो । जसमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सिफारिसमा परेका उम्मेदवारहरु चयन भएका छन् ।

नेमकिपाले प्रदेश सभामा लागि आवाश्यक थेस्रहोल्ड कटाएपनि सांसदका लागि पर्याप्त मत प्राप्त गर्न नसकेपछि सांसद पाउन सकेन ।
प्रदेश सभातर्फ कुनै जिल्लाले ३–४ जना सांसद पाउँदा कुनै जिल्लाले एकै सांसद पाउन सकेको छैन । सुर्खेतले ४, रुकुम पश्चिम र हुम्लाले ३÷३, दैलेख र कालिकोटले २÷२ समानुपातिक सांसद पाउँदा जुम्ला, जाजरकोट र मुगु सांसदविहीन भएको छ । यस्तै डोल्पा र सल्यानले १÷१ जना समानुपातिक सांसद पाएको छ ।

प्रतिनिधि सभातर्फ समानुपातिक सांसद नपाएको डोल्पा, कालिकोट, हुम्ला, र सुर्खेतले प्रदेश सभामा पाउँदा मुगु भने दुबै क्षेत्रबाट वञ्चित भएको छ ।

तपाईको प्रतिक्रिया