छेडागाडमा अपांगता शिविर,८१ जना लाभाम्वित

No description available.
रमेश अधिकारी
जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा अपांगता शिविर सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च,सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र छेडागाड नगरपालिकाको आयोजनामा छेडागाड नगरपालिकाको वडा नं ११ नगर अस्पताल र वडा नं ३ दशेरामा गरी दुई दिन शिविर संचालन भएको हो । शिविरमा बिभिन्न वडाबाट गरी ८१ जनाको परिक्षण गरी परिचय पत्र समेत प्रदान गरिएको छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले जानकारी दिए ।

विभिन्न किसिमका अपाङ्गताको पहिचान गरी उनीहरुलाई राज्यले प्रत्याभूत गरेका नागरिकका आधारभुत सेवा प्रबाह गर्न शिविर आयोजना गरिएको नगरपालिकाका उप प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । कोहलपुर मेडिकल कलेज, जिल्ला स्वास्थ्य कार्यालय,नेपाल रेडक्रस सोसाईटी जाजरकोट लगायतका संस्थाहरुमा कार्यरत विशेषज्ञ टिमबाट अपाङ्गता पहिचान गरिएको थियो ।

तपाईको प्रतिक्रिया