माओवादी केन्द्रबाट को को बने प्रतिनिधिसभा सांसद?


काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । मंसिर ४ गते एकैपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो। मतदानका क्रममा विवाद देखिएपछि दोलखाको १० मतदान केन्द्रमा भने मंसिर १५ गते पुन: निर्वाचन गरिएको थियो।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रतिनिधिसभा प्रत्यक्षतर्फ १२ राजनीतिक दलका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ ।

सार्वजनिक परिणामअनुसार प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बनेको छ। प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै ५७ स्थानमा जित हासिल गरेर कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल बनेको हो।

यस्तै, नेकपा एमाले ४४ सिटसहित दोस्रो दल र नेकपा माओवादी केन्द्र १८ सिटसहित तेस्रो दल बनेको छ।

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७/७ सिट प्राप्त गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी ४ र नागरिक उन्मुक्ति पार्टी ३ क्षेत्र निर्वाचित भएका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट जितेका छन्।

यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ स्वतन्त्रले ५ क्षेत्रमा जित हासिल गरेको छ।

यी हुन् नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सांसद

१. पुष्पकमल दाहाल‘प्रचण्ड’
२. पूर्णबहादुर घर्ती
३. देवेन्द्र पौडेल
४. वर्षमान पुन
५. माधव सापकोटा
६. शक्तिबहादुर बस्नेत
७. राजन दाहाल
८. रेखा शर्मा
९. रामकुमार राई
१०. अमनलाल मोदी
११. सुदन किराँती
१२. जनार्दन शर्मा
१३. महेन्द्रबहादुर शाही
१४. सुर्यमान तामाङ दोङ
१५. हितबहादुर तामाङ
१६. छिरीङ डम्डुल लामा भोटे
१७. महिन्द्रराय यादव
१८. गंगा कार्की

तपाईको प्रतिक्रिया