निर्वाचित सांसदलाई गाउँमा भव्य स्वागत

नविन पिएम
सल्यान । सल्यानबाट प्रतिनिधि सभा सदस्यमा चुनाव जितेसंगै आफ्नो गृह क्षेत्र पुग्नुभएका संघीय सांसद प्रकाश ज्वालालाई स्थानीय मतदाताहरुले भव्य स्वागत गरेका छन् । चुनाव जितेसँगै सोमबार आफ्नो गृहक्षेत्र बनगाड कुपिन्डे नगरपालिका –१ सल्लीबजार पुग्नु भएका ज्वालालाई स्थानीय समुदाय र नगरपालिकाको तर्फबाट भव्य स्वागत, बधाई तथा सम्मान गरिएको छ ।

No description available.

सल्लीबजारमा सल्यानबाट बाम लोकतान्त्रिक गठबन्धनका साझा नव निर्वाचित संघीय सांसद ज्वाला, संगै प्रदेश क बाट निर्बाचित प्रदेश सांसद भिम प्रकाश शर्मा र प्रदेश ख बाट निर्वाचित प्रदेश सांसद सुरेश अधिकारीलाई सल्लीबजारमा भव्य स्वागत तथा बधाई सहित अभिनन्दन गरेका छन् । सल्यानी विजय उम्मेदवारहरुलाई घरघरबाट फुलमाला र पुष्प गुच्छाले स्वागत तथा अभिन्नदन गरिएको छ । सोमबार धन्यवाद ज्ञापनका लागि उहाँहरु सल्यान पश्चिममा मतदाता माझमा पुग्नु भएको हो । बिजय सभामा बोल्दै चुनावको समयमा जनताको बिचमा गरेका प्रतिबद्धता पूरा गर्ने समेत उहाँहरुले बताउनु भएको छ ।

No description available.

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता, कार्यकर्तासहित गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेता कार्यकर्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया