रुकुम पश्चिममा जनार्दन शर्मा तेब्बर बढी मतले विजयी

No description available.
रुकुम पश्चिम । रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा विजयी हुनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।

शर्माले ३९ हजार ५४९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५८८ मतले पराजित गर्नुभएको छ ।

एमालेका देवकोटाले १२ हजार ९६१ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार तारक केसीले ती हजार ५६७, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक मल्लले ७९६, मंगोल नेशनल अर्गानाईजेशनका हरिबहादुर पुनले २०८ र स्वतन्त्र उम्मेदवार राजन पाण्डेले २१४ मत प्राप्त गर्नुभएको छ ।

रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५२७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया