डोल्पा (ख) मा कर्णालीका बहालवाला पर्यटन मन्त्री शाही निर्वाचित


डोल्पा । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन् ।

डोल्पा प्रदेशसभा (ख) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे । एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन् ।

निर्वाचित माओवादी नेता शाही गठबन्धनका साझा उम्मेदवार हुन् । यहाँ राप्रपाका बौद्धसिंह कठायतले २८९ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया