
मुक्तक
अमृत भनी बिष खाएछु आँखा चिम्लिएर
लामो निन्द्रामा निदाएछु आँखा चिम्लिएर
यादै यादमा भई पागल आज उसकै लागि
आँशुले सिरानी भिजाएछु आँखा चिम्लिएर ।।
मुक्तक
त्यो शत्रु हो या मित्र ,कसलाई के थाहा छ यहाँ
गन्धा छ या पवित्र,कसलाई के थाहा छ यहाँ
भन्न त भन्छन् सबैले,म राम्रै मान्छे हुँ
तर भित्री चरित्र, कसलाई के थाहा छ यहाँ ।।
मुक्तक
वीर शहीदको रगतले मुचिएको मेरो देशमा
हाड अनि छाला लुछिएको मेरो देशमा
शहीदका सपना कहिले साकार होलान् खै ?
दाईभाइकी श्रीमतिको सिन्दुर पुछिएको देशमा ।।
शक्ति बारघरी,रुकुम पश्चिम
















































। २६ कार्तिक २०७९, शनिबार