निर्वाचन खारेजको माग गर्दै जाजरकोटमा नेकपाको मसाल जुलुस

No description available.
खलंगा । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन बहिस्कार गरेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले खारेजीको माग गर्दै मसाल जुलुस निकालेको छ । मंगलबार बेलुका भेरी नगरपालिकामा खारेजको माग गर्दै मसाल जुलुुस निकालिएको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए ।

संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने तर्क गर्दै अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएको आरोप लगाए । उनले अहिलेको चुनावबाट जनताको प्रतिनिधिभन्दा पनि दलालहरु चुनिएर आउने भन्दै ‘दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने’ बताए ।

‘संसदीय व्यवस्था र चुनावले श्रमजीविको अधिकार स्थापित गरेको इतिहासमा छैन, त्यसकारण यो चुनावलाई नांगो बनाएर खारेज र बहिस्कार गर्छाैं,’ उनले भने ।

तपाईको प्रतिक्रिया