कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु


कालिकोट । कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले  बताए ।

मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलगुफा–५ मा दुर्घटना भएको हो । कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्म, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालले ज्यान गुमाएका छन् ।

दुर्घटनामा परेर ७ जना घाइते भएका डिएसपी रिमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया