यस्तो छ आजको मौसम

काठमाडौं : पश्चिमी वायुको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
जल तथा मौसम विज्ञान विभागले दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनुसार बुधबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ।
तपाईको प्रतिक्रिया