
बोल्न पाउनु हरेक नागरिकको अधिकार हो । जहाँ भ्रम हुन्छ त्यहाँ भण्डाफोर हुन्छ । जहाँ दमन हुन्छ त्यहाँ बिद्रोह हुन्छ । बिद्रोह, केवल हत्या, हिंसाका लागि मात्रै हुँदैन । “बिद्रोह” परिवर्तनका लागि हुन्छ । “बिद्रोह” मुक्तिका लागि हुन्छ । आम जनताको मुक्तिका लागि संघर्ष गरिरहँदा, दमन हुन्छ भने त्यहाँ पनि “बिद्रोह” हुने गर्दछ । पुरानो गाडीका ड्राईभरहरुले भ्रम के छरिरहेका छन् भन्दा, क्रान्तिका नाममा मान्छेको हत्या गर्ने हत्यारा हुन् “क्रान्तिकारी” हरु समाजमा विध्वंस मच्चाउने, हिंसा गर्ने पापीहरु हुन् बिद्रोहका नाममा डुल्दै हिँड्नेहरु भनेर समाजमा नकारात्मक भ्रम सृजना गरिरहेका छन् । क्रान्तिकारीहरु त्यो होईनन्, “बिद्रोह” गर्नेहरु त्यस्ता हुँदैनन् ।
क्रान्तिकारीहरु केवल आम जनताको मुक्ती चाहान्छन् । जनतालाई गास, वास, कपास, शिक्षा, स्वास्थ, रोजगार, र संचारबाट बंचित गराउने अनि शिक्षाका नाममा व्यापार गर्ने युवा विद्यार्थीलाई दक्ष, बैज्ञानिक, व्यवहारिक शिक्षाबाट अलग बनाएर खाली अर्कैको जीवनी घोक्न लगाउने, जुनखालको राज्यको जनताप्रतिको बेवास्तापन छ र त्यसलाई बन्दुकका भरमा टेकाईराखिएको छ त्यो व्यबस्थाको अन्त्य हुनुपर्छ भनेर भनिरहँदा राज्यले दमन गर्दा “बिद्रोह” स्वभाबिक रुपमै हुनेगर्दछ । भएको पनि छ ।
हत्या कसैको हुँदैन्, हिँसा कतै हुँदैन् जनतालाई व्यबहारिक बनाउने बैज्ञानिक ब्यबस्था निर्माण गरियो भने जनताको पक्षमा आवाज उठाईरहँदा दमन भयो भने त्यसको जवाफ दिनुपर्छ त्यो क्रान्तिकारीहरुले दिन्छन् पनि । भर्खरै स्थानीय स्तरको चुनाब सकिएको छ र अहिले संघ र प्रदेशको चुनाब नजिकिँदैछ ।
सहरका ठुलाठुला महलमा बस्दै आएका निश्चित मुठीभर दलालहरु गाउँ, झुपडीमा, ग्रामीण वस्तिमा गएर ठुलाठुला सपनाका भ्रम फैलाईरहेका छन् । गाउँमा रोड मात्रै पुर्याउनु विकास होईन्, जनतालाई जाँड रक्सी र पैँसा बाँड्नु त्यो कदापी बिकास हुन सक्दैन् । विकास भनेको जनालाई आत्मनिर्भर बनाउनु हो । देशमै दक्ष जनशक्ति उत्पादन गरेर विभिन्न सामान उत्पादन गर्नु हो । उत्पादन भएको सामानलाई विश्वमा प्रख्यात बनाएर विश्व बजारमा निर्यात गरेर आर्थिक आयात गरेर जनतालाई ऋण बाट मुक्त मात्रै होईन् हरेक नकारात्मक कुराबाट मुक्त बनाउनु बिकास हो । त्यो गर्नु अहिलेको अपरिहार्य आवश्यकता हो ।
जसले सबै कुरा भ्रम हो भन्ने बुझेका छन् आवाज उठाईरहेका छन् बिद्रोह गरिरहेका छन् त्यो गरिरहँदा राज्यद्वारा दमन भैइरहेको छ । क्रान्तिकारीहरुको गिरफ्तारी भैरहेको छ । त्यो उचित हो..? त्यो समस्याको समाधान हो .? त्यो होईन् बोल्न पाउनु जनताको अधिकार हो गलतका बिरुद्ध आवाज उठाउनु युवा विद्यार्थीको कर्तब्य हो । भ्रम के छ भने चुनावमा बहिस्कारको नाममा क्रान्तिकारीहरुले बन्दुक पट्काउँछन् मान्छे मार्छन त्यो हुँदैन् सकारात्मक ढंगले आफ्नो अधिकारको निम्ति आवाज उठाउँछन् क्रान्तिकारीहरुले ।
त्यसमा राज्यले दमन गर्दैजान्छ भने बन्दुक त पटकिदैनन् बिचार पट्किन्छ जनताले आवाज मार्फत बिद्रोह गर्दा राज्यले सुन्दैन् भने जनतासँग जेजे छ त्यो हतियार उठ्छ । त्यो उठ्ने भनेको हतियार अरु नभएर कुटो उठ्छ, कोदाली उठ्छ, हाँसिया उठ्छ, हथौड़ा उठ्छ जनताको व्यवस्था निर्माण गर्न जनता उठ्छ ।
















































। २१ कार्तिक २०७९, सोमबार