शुक्रबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको संयोजत्वमा बसेको जिल्ला सुरुक्षा समितिको बैठकले कार्तिक २० गते देखि मंसिर ०४ गते सम्म जिल्ला भित्र कुनैपनि खेलकुद प्रतियोगिता,मेला महोत्सव, साँस्कृतिक कार्यक्रम नगर्न निर्देशन जारी गरेको हो ।
सूचनामा भनिएको छ, मिति २०७९।०७।१८ गतेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा शान्ति सुरक्षा कायम राख्नका लागि यहि मिति २०७९।०७।२० गते देखि मिति २०७९।०८।०४ गते सम्म अर्थात १५ दिन यस जिल्ला भित्र कुनै पनि खेलकुद प्रतियोगिता, मेला, महोत्सव, प्रर्दशनी र सांस्कृतिक कार्यक्रम गर्न रोक लगाईएको छ । साथै यस्ता कार्यक्रम निर्वाचनको मिति सम्म नगर्न÷नगराउने कार्यमा आवश्यक सहयोग र समन्वय गरी दिन आम जाजरकोटी जिल्लाबासीहरुमा यो सूचना प्रकाशित गरिएको छ ।

















































। १८ कार्तिक २०७९, शुक्रबार