बारेकोटको सुगुरखाला मेला : पुरुष भलिबलको प्रथम पुरुस्कार एक लाख ५ हजार


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका ०२ रोकायगाउँमा लाग्ने सुगुरखाला सामुदायिक मेला यस बर्ष पनि लाग्ने भएको छ । मेला आयोजक समितिले एक सूचना जारी गर्दै कार्तिक २२ गते बाट सञ्चालन हुने भएको हो । विभिन्न खेलकुद तथा लोकसंस्कृतिक कार्यक्रमको प्रस्तुती सहित सञ्चालन हुने मेला कार्तिक २५ गते सम्पन्न हुनेछ ।

पुरुष भलिबलको प्रथम पुरुस्कार एक लाख पाँच हजार, दोस्रो पुरुस्कार ५५ हजार र तृतिय पुरुस्कार ३० हजार रहेको छ । दर्ता शुल्क १० हजार रहेको आयोजक कमिटीका सदस्य भीमबहादुर नेपाली जानकारी दिए । उनका अनुसार महिला भलिबल तथा खुल्ला ब्याटमिन्टन प्रतियोगिता समेत सञ्चालन हुनेछ ।
सूचना हेर्नुुहोस्

No photo description available.

तपाईको प्रतिक्रिया