
बारेकोट गाउँपालिका ९ को सक्लामा वडा भवन निर्माण सम्पन्न भएको छ । भवन वनेपछि स्थानीयलाई वडा पालिकाबाट सरकारी सेवा प्रवाह गर्न धेरै सहज भएको वडा अध्यक्ष शसिराम गौतमले बताए । यसअघि स्थानीय विमला शाहीको घर भाडामा लिएर तीन बर्षसम्म वडाको सेवा प्रवाह गरियो अध्यक्ष गौतमले भने । भवन निर्माणका लागि गाउँपालिकाको ५० लाख अनुदान र १६ लाख जनश्रमदान गरी जम्मा ६४ लाख लागतमा ८ कोठे भवन निर्माण भएको हो ।
गाउँमै वडापालिका सन्चालनमा आएपछि स्थानीय बासीन्दालाई सहज सुविधा पुगेको स्थानीय रेनुका शाहीले बताउनु भएको छ । सक्लाबासीले गाउँबाटै सरकारी सेवा सुविधा पाएपछि विस्थारै परिवर्तनको अनुभुती गर्न थालेका छन, शाहीले भन्नु भयो । स्थानीय बासिन्दालाई विभिन्न काम गर्नकै लागि सदरमुकाम खलंगा धाउनु पर्ने वाध्यता हटेको छ ।
सदरमुकामबाट पाउने सेवासुविधा गाउँमै पाइने भएपछि विगतको वाध्यता अन्त्य भएको स्थानीय नारायण गौतमको भनाइ छ ।
सक्लाबासीलाई विगत जस्तै सामान्य काम गर्नकै लागि सदरमुकाम जानु पर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । स्थानीयले सहज रुपमै सरकारी सेवा गाउँमै पाउँन थालेपछि गाउँगाउँमा सिंह दरबारको अधिकार आएको अनुभुती गर्न थालेका छन ।
















































। ४ चैत्र २०७६, मंगलवार