
जाजरकोट । नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतको जित नै जाजरकोटी जनताको जित भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव विक्रम शाहले बताए ।
शक्ति बस्नेतलाइ जिताउनु भनेको जाजरकोटमा भारी मात्रामा बजेट भित्र्याउनु भएको समेत बताए । केन्द्रीय राजनीतिमा बस्नेत बराबरको अर्को राजनीतिज्ञ नीति निर्माण तहमा नपुगेको भन्दै शाहले शक्ति बस्नेतको जित नै जाजरकोटको विकास र संमृद्धीको ढोका खुल्नु भएको बताए ।
आज जाजरकोटको जुनिचाँदे गाउँपालिकाको परालेमा आयोजित कार्यक्रता प्रशिक्षण कार्यक्रममा शाहले यस्तो बताएका हुन् । जाजरकोट पछि पर्नु भनेको हामी नीति निर्माण तहमा ढिला पुग्नु नै थियो भन्दै शाहले १० वर्षमा धेरै परिवर्तन शक्ति बस्नेतकै कारणले भएको बताए ।
















































। १३ कार्तिक २०७९, आईतवार