अभिनेत्री आँचल शर्मा केही दिनअघि वैवाहिक बन्धनमा बाधिइन्। करिब एक वर्षको प्रेम सम्बन्धलाई उनले औपचारिकता दिएकी हुन्। मोडल तथा अभिनेत्रीको परिचय बनाएकी आँचलले चितवनका उदिप श्रेष्ठसँग लगन गाठो कसेकी हुन्। अभिनय क्षेत्रमा लामो समय अभिनेता पल साहसँग सम्बन्धमा रहको चर्चा परिचर्चा चलेपनि उनले अन्ततः मनोरञ्जन क्षेत्रभन्दा बाहिरको श्रीमान रोजिन्।
यसअघि पलसँग उनी सम्बन्धमा थिइन् कि थिइनन् भन्ने विषय भने यतिकै टुंगिएको छ। तथापि सामाजिक सञ्जालमा पलले पछ्याउन छोडे आँचललाई भन्ने समाचार तथा गसिपले नेपाली मनोरञ्जन बजारमा राम्रै स्थान पायो। अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता गतिविधिबाट नेपाली समाजले के सिक्ने?
आँचलबारे गसिपको स्थान यतिमा मात्र सीमित भएन। यतिबेला उनी आफ्नो विवाह भोजमा आफैँले लगाएको पहिरन र गरगहनाबाट गसिपमा तानिएकी छन्।
विशेषतः विवाह भोजमा पुग्न पनि आँचल र उदिपको जोडीले हेलिकोप्टरको माध्यम रोजेका थियो। सँगै उनले लगाएको १६ केजीको लेहेँगा अनि १६ लाख मूल्य पनि कम चर्चामा रहेन। उनले लगाएको करिब ६० लाख मूल्य पर्ने गरगहानाको चर्चाले पनि सामाजिक सञ्जाल छाएको छ। आँचलका लागि उदिपले देखाएको यो तडकभडकलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ।
तथापि, यस किसिमका गतिविधिले नेपालमा वर्गीय असमानताको खाडल झन् ठूलो बनाउने तर्कले सामाजिक सञ्जाललाई तताइरहेको छ। यस किसिमका गतिविधिले मानिसमा तडकभडक गर्नैपर्ने हो कि भन्ने भ्रम पर्ने कतिपयको बुझाइ छ। अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता गतिविधिबाट नेपाली समाजले के सिक्ने? याे भिडियाे हेर्नुहाेस
















































। ४ चैत्र २०७६, मंगलवार