
काठमाडाैं : कात्तिक ११ देखि प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म ‘लाखे’को प्रदर्शन मिति सरेको छ। ‘महापुरुष’सँग मिति जुधेपछि फिल्म एक हप्ता पछि सर्दै कात्तिक १८ देखि फिल्म प्रदर्शनमा आउन लागेको हो।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको ‘महापुरुष’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनय रहेको छ। फिल्मका निर्देशक सम्राट् बस्नेतका अनुसार मह जोडीको सम्मानका लागि ‘लाखे’ले प्रदर्शन मिति सारेको हो।
क्राइम एक्सन थ्रिलर जनरामा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुपविक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यस वर्ष नेपाली फिल्मले तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरिरहेको र व्यवसायिक रूपमा राम्रो प्रदर्शन गर्न सक्ने दुई फिल्म एउटै मितिमा प्रदर्शन हुँदा त्यसले दुवै फिल्मलाई असर गर्ने भन्दै अग्रज कलाकारको सम्मानका लागि पनि आफूहरू पछाडी सरेको निर्माण टोलीले जनाएको छ।
जात्रा, शत्रुगते, जात्रै जात्रा जस्ता सफल फिल्म निर्देशन गरेका भट्टराईको ‘महापुरुष’ चौँथो फिल्म हो। जसमा मह जोडी बाहेक गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
















































। २९ आश्विन २०७९, शनिबार