
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गरेर बिदा लिने घोषणा गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत ‘मेरो संकल्प अबको १० वर्ष’ शिर्षकमा एक भिडियो सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि स्विच अफ गरेर बाटो लाग्ने बताएका हुन्।
उनले आफूले नयाँ मान्छेलाई स्थान दिने पनि उल्लेख गरे।
‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने हो। मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो। त्यो बेलासम्म यति खतरा नयाँ मान्छे आइसकेको हुन्छ, हुनैपर्छ। कि उनीहरूले हाम्रोभन्दा राम्रो गर्नै पर्यो।’
उनले भिडियो सन्देशमा भनेका छन्, ‘यो बुढाहरूले हामीलाई त्यो गर्न दिएन। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि। गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन।’
















































। २८ आश्विन २०७९, शुक्रबार