जुनीचाँदे गाउँपालिकाद्धारा प्रहरीलाई मोटरसाईकल


जाजरकोट । जिल्लाको जुनीचाँदे गाउँपालिकाले प्रहरीलाई मोटरसाईकल हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय गर्खाकोटलाई लु ८२ ब ९७५० नम्बरको मोटरसाईकल हस्तान्तरण गरेको हो ।

वडा एरियाहरुमा ग्रामीण गस्ति गर्न साथै शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न सहजता पुगोस भनी मोटरसाइकल हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । बजाज कम्पनीको कालो रङको १२५ सि.सि.भएको मोटरसाईकल हस्तान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया