
जाजरकोट । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि ४० दिन कार्यअवधि तोकेर खोलिएको म्यादी प्रहरी भर्नामा जाजरकोट बाट एक हजार ६१ जनाको आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले भदौ ३० गतेबाट असोज ६ सम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले तोकिएको अन्तिम मिति विहीबार साँझ सम्म एक हजार ६१ जनाको दरखास्त परेको बताए । त्यसमध्ये पुरुषको संख्या ७ सय २६ र महिलाको संख्या ३ सय ३५ रहेको छ ।
‘जाजरकोटमा कति म्यादी प्रहरी आवश्यक पर्ने भन्ने विषयमा फिक्स नभएको र अवको केही दिनमा भई सकेको छैन, अवको केही दिनमा फिक्स हुन्छ’, निरीक्षक पन्तले भने ।
















































। ७ आश्विन २०७९, शुक्रबार