साहित्यकार पुष्कर पराग चन्दका चार उत्कृष्ठ मुक्तक

No description available.

१) मुक्तक
उस्को आगमनले तिम्रो जीवन हराभरा हुन सक्छ
अप्सोच तिम्रै कारण मेरो जीन्दगी भने खतरा हुन सक्छ
भो नसम्झाउ अब ति विगतका कुराहरु मलाई,
सम्झिए भने झन मेरो मुटु चराचरा हुन सक्छ ।।

२) मुक्तक
फुल जस्तै अनुहार माथि अलि अलि श्रृङ्गार गर
त्यसपछि यहाँ क—कस्को नजर लाग्छ विचार गर
संधै हेरौं झै लाग्ने, संधै ठोकिनै खोज्ने, सकिन्छ भने,
बरु तिम्रो आँखाले मेरो आँखालाई प्रतिकार गर ।।

३) मुक्तक
मलाई हरेक साँझ बोतल साथमा नभए भएन
अक्सर मैले नपिएको पनि कुनै दिन, समय भएन
यार केही अपुग लाग्ने, केही बाँकि भए झै लाग्ने
खासमा मैले सोचे जस्तो तिम्रो अभिनय भएन ।।

४) मुक्तक
जुन दिन यो मुटुमा अरु कसैको खत लाग्यो
त्यसपछि मलाई झन बोतल माथि लत लाग्यो
भावनामा डुबेर मात्र जीन्दगी चल्दैन, कसरी भुलौ,
जब कि तिम्रा प्रत्येक नशानशामा मेरो रगत लाग्यो ।।

पुष्कर पराच चन्द
स्थायी ठेगाना : भेरी नगरपालिका ५ छिप्रेना, जाजरकोट
हाल : सानीभेरी गाउँपालिका १ चाईनाबगर रुकुम (पश्चिम)

तपाईको प्रतिक्रिया