सुशासनमा सवलिकरणका लागि एक दिने कार्याशाला सम्पन्न

May be an image of 7 people, people sitting and indoor
जाजरकोट । सुशासनमा सवलिकरणका लागि एक दिने कार्याशाला खलंगामा सम्पन्न भएको छ । सहकर्मी समाज जाजरकोटको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरु वीच सुशासनमा सवलिकरणका लागि एक दिने कार्याशाला सम्पन्न भएको हो ।

सहकर्मी समाज जाजरकोटद्धारा सञ्चालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत जिल्ला स्थित सरोकारवालाहरुका वीचमा सिकाई आदानप्रदान कार्याशाला गरिएको हो । कार्याशालामा सुशासनमा नागरिक सहभागिता कार्यक्रमका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारीले कार्यक्रम गरेका कामहरु, उठाउने विषयवस्तुहरु र समाधानका उपायहरु सहितको प्रस्तुती राखेका थिए ।

स्थानीय स्तरमा स्रोतमा पहुँचका लागि सम्बन्ध स्थापना र सहजीकरण, स्थानीय स्तरमा सवलीकरण, प्रस्तावना लेखेन, क्षमता विकास, सुशासन लगायतका क्षेत्रमा कार्यक्रमले काम गरिरहेको संयोजक अधिकारीले जानकारी दिए । कार्यक्रममा उपस्थिति छेडागाड नगरपालिका १३ कार्कीगाउँकी इन्दिरा खत्रीले सहकर्मी समाज मैले महिलाहरुको क्षमता विकासमा ठूलो टेवा पुर्याएको बताईन् ।

उनले भनिन्, ‘मलाई लाग्छ पहिला हामी महिलाहरु खुलेर बोल्न सक्ने थिएनौं, जव सहकर्मी समाजले टोल विकास संस्थाको माध्यमबाट आफ्नो काम सुरु गर्यौं, त्यसपछि हाम्रो क्षमतामा विकास समेत भएको छ ।’ यस्तै फुलवारी टोल विकास संस्थाकी सदस्य विन्दु नेपालीले सहकर्मी समाजले श्रमदानमा लगाउन सकिएको बताईन् ।

उनले भनिन्, ‘हामीले गोरेटो बाटो, पिपलचौतारी, ढिक्की, नाली लगायतका आफैले बजेट उठाएर निर्माण गरेका छौं ।’ पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले सहकर्मी समाजले धेरै राम्रो काम गरेको र अझै राम्रो काम गर्न सुझाव दिए । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले मानवीय विकास सबैभन्दा ठूलो कुरा रहेको बताए ।

भौतिक विकास भन्दा मानवीय विकास सबैभन्दा ठूला कुरा रहेको र मानवीय विकास गर्न सहकर्मी समाजले खेलेको भुमिका निकै सराहनीय रहेको बताए । एकदम राम्रो काम गरेको र आगामी दिनमा यस्ता कार्याशाला र गोष्ठीको आयोजना गर्दा जिल्लाका सबै जिम्मेवार निकायहरुलाई खबर गर्न आग्रह गरे । जाजरकोटकास्थानीय तहहरुले सहकर्मी समाज बाट सिक्नुपर्ने बताए । कार्याशाला गोष्ठीमा झन्डै ५० जनाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया