चट्याङ्ग लागेर बारेकोटमा १० जना घाइते


बारेकोट । जिल्लाको बारेकोट गाउँपालिका १ धौलाकोटमा चट्याङ्ग लागेर दश जना घाइते भएका छन् । गएराती करिव ९ः४५ बजे चट्याङ्ग लागेर एकै परिवारका दश जना घाइते भएका हुन् ।

लक्ष्मी खड्का, देवेन्द्र खड्का, लुकेश खड्का,कालिका बुढा खड्का, नवीन खडका, रञ्जु खड्का, ललिता बोहरा,राजन बोहरा, गोविन्द बोहरा र सरिता खड्का घाइते भएका छन् ।

घाइतेहरुको प्राथमिकता स्वास्थ्य केन्द्र लिम्सामा उपचार भईरहेको छ । वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहका अनुसार घाईतेहरुको उपचार भईरहेको छ । खतरामुक्त रहेको समेत बताईएको छ ।

तपाईको प्रतिक्रिया