एकीकृत अखिल नेपाल शिक्षक संगठन जाजरकोटको अध्यक्षमा बटाला


जाजरकोट । एकीकृत अखिल नेपाल शिक्षक संगठन जाजरकोट जिल्लाको ९ औं जिल्ला सम्मेलन खलंगामा सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको सम्मेलनले उत्तर बहादुर बटालालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै २५ सदस्यीय नयाँ जिल्ला संगठन समिति चयन गरेको छ ।

जसको बरिष्ठ उपाध्यक्ष धनप्रकास विसी, सचिव पूर्ण बहादुर गुरूङ,उपाध्यक्ष पशुपति सिंह,वीर बहादुर शाही,तिलक ब खत्री ,कोषाध्यक्ष मदन रावल, सह सचिव केशव थापा, पुर्ण ब नेपाली र सदस्यहरू दिल बहादुर बस्नेत,इन्द्रबहादुर भण्डारी ,गिता गौतम,हरिबहादुर वली,रमेश नेपाली,नरेन्द्र रावल,तिलकबहादुर अधिकारी,मानबहादुर थापा,रत्नबहादुर खत्री, चन्द्रबहादुर पुन, मानबहादुर बोहरा,बिर्खबहादुर बस्नेत,मानबहादुर रावत,नानकला खत्री,सोनी पुन चयन भएका छन् ।

संयोजकमा प्रभाकार शर्मा, सदस्य चंखलाल नेपाली,मुकुन्द बहादुर शाही, धर्म प्र.रेग्मी,गिता शाही मल्ल सदस्य रहेको सल्लाहकार समिति पनि गठन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका जिल्ला इन्चार्ज गगन बहादुर खड्का (जीवन ), बिशेश अतिथि ढकबिर राना (शान्त ) अन्य अतिथिमा माओवादी केन्द्रका नेता टेक बहादुर रावल,पुर्णदेब शर्मा, टक बहादुर घर्ती, यज्ञ खत्री एकीकृत अखिल नेपाल शिक्षक संगठनका नेता दिनेश कुमार वलीको आतिथ्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया