सुर्खेतमा दुई दिने युवा अभिमुखीकरण कार्यक्रम सम्पन्न

प्रेम विश्वकर्मा
सुर्खेत । युरोपियन युनियनको आर्थिक सहयोगमा , हेल्भेटास नेपालको समन्वय र महिला सशक्तीकरण मंच नेपाल, दैलेखको आयोजनामा स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन( प्रोयेल) परियोजना युथ प्यानलका लागि मानव अधिकार, मौलिक हक र नागरिकका कर्तब्य साथै निर्वाचन साक्षरता सम्बन्धी अभिमुखीकरण २०७९ भाद्र ३१ र असोज १ गते वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।

उक्त तालिममा पाँच पालिकाका ५१ युवाहरुको सहभागीता रहेको थियो भने जसमा दैलेखको गुँरास गाँउपालिका,डुङ्गेश्वर गाँउपालिका,सुर्खेतको लेकवेशी नगरपालिका,सिम्ता गाँउपालिका र जाजरकोटको भेरी नगरपालिकाका युथ प्यानलहरु थिए ।

भाद्र ३१ मा अधिबक्ता ईमान सुनारले मानव अधिकार, मौलिक हक र नागरिकका कर्तब्य सम्बन्धि तालिम दिएका थिए भने असोज १ मा गणेश रावत र निर्वाचन आयोग सुर्खेतका प्रमुख दुर्गा प्रसाद चालिसेले युवा लक्षित निर्वाचन साक्षरता जस्ता बिषयमा तालिम दिएका थिए ।

यो तालिमले युवाहरुलाई आआफ्ना वडा सर्कलमा तालिमको सिकाई लाई अन्य युवाहरुमाझ जानकारी गराई आम युवाहरुमा अधिकार, कर्तब्य र आबधिक निर्वाचनको बारे बुझाईमा थप स्पस्टता आएको प्रोयल परियोजनाका प्रादेशिक परियोजना संयोजक डण्डी राज उपाध्यायले बताए। महिला सशक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो भने प्रोयल परियोजनाका मुल्याङ्कन चाहि अधिकृत खगेन्द्र कँडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया