अध्यक्ष गिरीको पहलमा गर्भवती महिलाको हवाई उद्धार

May be an image of 3 people and outdoors
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीको पहलमा एक गर्भवती महिलाको उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ५ निवासी २१ बर्षिया लिला थापाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुत्केरी वेथाले छट्पटाईरहेकी थापाको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा उद्धार गरिएको अध्यक्ष गिरीका स्वकीय सचिव लोकेश सिंहले जानकारी दिए ।

यस्तै, वडा नं ७ की मनकुमारी सिंहलाई समेत उद्धार गरिएको छ । लामो समयदेखि दमको रोगबाट थला परेकी सिंहको सोही हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

May be an image of 4 people, helicopter and outdoors

तपाईको प्रतिक्रिया