दैलेख २ बाट चक्रलाल सुनारको सर्वसम्मत उम्मेदवार सिफारिस


दैलेख । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । दैलेखमा माओवादी केन्द्रका आश लाग्दो नेताको रुपमा सुनारले आफ्नो परिचय बनाएका छन् । प्रदेशको निर्वाचनमा सुनारले दैलेख बाट जित्ने निश्चित देखिन्छ ।

तपाईको प्रतिक्रिया