बारेकोट: रोजगार सहायक पदपूर्तिको छोटो सूची प्रकाशन किन विवादित ?


जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरर्गत रोजगार सहायक पदपूर्तिको लागि छोटो सूची प्रकाशन गरेको छ । गाउँपालिकाले २०७९।०५।१० गते (शुक्रबार) एउटा सूचना जारी गर्दै छोटो सूची प्रकाशित गरेको हो । २०७९।०३।३०गते प्रकाशित भएको विज्ञापन नं.०१।२०७९।०८०अनुसार स्थानीय तहमा प्राबिधिक सहायक पदपूर्तिको लागि छोटो सूची प्रकाशित गरेको छ । रोजगार सहायक सम्बन्धी मापदण्ड २०७८ को दफा ६ को उपदफा (१),(२),(क),(ख),(ग) र (घ) बमोजिम छोटो सूची प्रकाशन गरिएको गाउँपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

यस विषयलाई लिएर सामाजिक संञ्जालमा निकै टिकाटिप्पणी भईरहेको छ । छोटो सूची प्रकाशनको विषयमा सरोकारवाला निकायहरुले हेरफेर गरेको भन्दै सामाजिक संञ्जालमा टिकाटिप्पणी गरिएको हो । गाउँपालिकाले प्रकाशन गरेको छोटो सूचीको विषयलाई लिएर सारोकारवाला निकायहरु माथी विभिन्न माध्यमहरुबाट विभिन्न प्रश्नहरु खडा भएका छन् ।

यस्ता छन् सामाजिक सञ्जालमा उब्लेका केही प्रश्नहरु जस्ताको त्यस्तै 

यस बारेकोट गाउँपालिकामा मिति २०७९।०३।३० गते रोजगार सहायक पद पूर्तिका लागि दर्खास्त आवहान गरिएको थियो । उक्त पदका लागि ४० जना उम्मेद्वारले दरखास्त दिएका थिए । स्थानीय तह प्राविधिक सहायक तथा रोजगार सहायक पदपूर्ती सम्बन्धी मापदण्ड २०७८ को दफा ६ (१) बमोजिम सूचनामा तोकिएको म्याद भित्र प्राप्त हुन आएका आवेदन मध्येबाट पदपूर्ती समितिले म्याद समाप्त भएको दश दिन भित्र योग्य ठहरिएका आबेदकहरु मध्येबाट १० जना ( १० जना भन्दा माथी भएमा १० जना भनिएको १० जना भन्दा कम भए जति छन तेती नै छोटो सूचिमा ल्याउन ) र नभएमा उपलब्ध संख्याका उम्मेद्धारको प्रारम्भिक सूची प्रकाशन गर्नु पर्ने भनिएको छ, सो बमोजिम ४० जना मध्ये १० जनालाई छनौट गरि प्रारम्भिक छोटो सूची प्रकाशन गरिएको बारेकोट गाउँपालिका रोजगार शाखाका संयोजक खगेन्द्र बोहराले बताए । उनले भने ‘सामाजिक संञ्जालमा उठेका विषयहरु ब्यक्ति बिषेश छन् । यहाँ परिक्षा समिति पनि छ, छनौट प्रक्रियाको लागि निश्चित मापदण्ड छ, परिक्षा समितिले मापदण्ड अनुसार गरेको छ कतै मनोमानी गरेको छैन् ।’

सूचनामा उल्लेख गरेको रोजगार सहायक सम्बन्धी मापदण्ड २०७८ को दफा ६ को उपदफा (१),(२),(क),(ख),(ग) र (घ) बमोजिम यस्तो छ छनौट पक्रिया ः

No description available.

No description available.

गाउँपालिकाद्धारा ध्यानाकर्षण पत्र जारी

प्रधानमन्त्री रोजगार कर्यक्रम अन्तर्गत रोजगार सहायक पदपूर्तिको छोटो सूचीको विषय समाजिक संञ्जालमा भईरहेको टिकाटिप्पणी बारे गाउँपालिकाले ध्यानाकर्षण पत्र जारी गरेको छ । आईतवार (आज) एक सूचना जारी गर्दै उक्त ध्यानाकर्षण पत्र जारी गरेको हो ।

यस्तो छ ध्यानाकर्षण पत्र जस्ताको तस्तै :

No description available.

 

 

तपाईको प्रतिक्रिया