
भुपेन्द्र नेपाली
खलंगा । जिल्लको बारेकोट गाउँपालिकाको एक विद्यालय जिर्ण अवस्था रहेको छ । विद्यालयका भवन मर्मत हुन नसक्दा बारेकोट गाउँपालिका ४ मैना स्थित जगत आधारभुत विद्यालय जिर्ण अवस्थामा रहेको हो । विद्यालयको छानो चुहिने भएपछि कक्षा कोठा भित्र पानी जम्मा भएर पठनपाठनमा निकै समस्या भएको स्थानीय विष्णु विकले बताए ।
उनले भने ‘विद्यायल जिर्ण अवस्था छ, यसको मर्मतका लागि सरोकारवाला निकायबाट कुनै पनि पहल हुनसकेको छैन् ।’
यतिवेला बर्खाको समय छ । विद्यालयको अवस्था जिर्ण छ । यसलाई मर्मत गर्नका लागि सरोकारवाला निकायहरुको ध्यान पुग्न सकेको छैन् । विद्यालयको भवन जिर्ण अवस्थामा रहनु मात्र यहाँको समस्या नभई यस विद्यालयमा शिक्षकको अभाव समेत रहेको सोही विद्यालयको शिक्षक राजेन्द्र विक्रम शाहीले बताए । शाहीका अनुसार, वाल शिक्षा देखि आठ कक्षा सम्म पठनपाठन हुने यस विद्यालयमा पाँच जना शिक्षक मात्र रहेका छन् ।
सरोकारवाला निकायहरुसंग विद्यालयको भौतिक सरंरचना निर्माण तथा मर्मतका लागि हामीले पटक—पटक आग्रह गरिरहेका छौं । सरोकारवाल निकायहरुले नै व्यवस्था गरिरहेका छन् । बाल शिक्षा देखि आठ कक्षासम्म पढाई हुने यस विद्यालयमा कक्षा कोठा अभावका कै कारण तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षा कोठामा पठनपाठन गरिरहेको श्री जगत आधारभुत विद्यालय, मैनाका प्रधानध्यापक दल बहादुर बोहोराले बताए ।
उनले भने ‘विद्यालयमा प्राप्त मात्रमा भवन नहुँदा विद्यालयको प्रशासनिक कामहरु गर्न पनि निकै समस्या भएको छ, विद्यालय भित्र रहेका सामाग्रीहरुलाई पनि सुरक्षित राख्न सकिएको छैन् ।’
बोहोराका अनुसार, आर्थिक बर्ष २०८९÷०८० का लागि २ सय १९ जना विद्यार्थी भर्ना भएका थिए जसमध्ये १ सय ६५—७० जना विद्यार्थी विद्यालयमा नियमित उपस्थिती हुने गरेका छन् ।
बैठक बोलाउँदा आउँदैनन् विव्यस अध्यक्ष
विद्यालय व्यवस्थापन समिति (विव्यस) विद्यालयको एक मात्र अभिभावक हो । जसलाई राज्यद्धारा विद्यालयमा व्यवस्थापन सम्बन्धी अधिकार दिईएको हुन्छ । विद्यालय व्यवस्थापन समितिले पटक—पटक विद्यालय निरक्षण गर्ने तथा विद्यालयमा बैठक बस्ने र विद्यालयमा भएको समस्याहरुको समाधानका लागि पहल गर्नुपर्नेमा यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बैठकमा उपस्थित हुनका लागि प्रधानध्यापकले पत्र पठाए पनि उनी उपस्थित बैठकमा नभएको विद्यालयका प्रअ दल वहादुर बोहोराले जानकारी दिए ।
उनले भने ’विव्यस अध्यक्ष कहिले कहिले, कतै जानुहुन्छ उहाँ बैठकमा कहिले पनि उपस्थित हुनुहुँदैन् विद्यालयको अवस्था जिर्ण हुनुमा पनि विव्यसको लाप्रवाही रहेको छ । हामीले यस विषयमा सोधपुछका लागि विद्यालय व्यवस्थान समितिका अध्यक्ष दलजित नेपालीलाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।
















































। ६ भाद्र २०७९, सोमबार